कोरोनाबाट एकै परिवारका आमा, एक छोरा र एक छोरीको मृत्यु



धनकुटा । कोरोना सङ्क्रमणका कारण धनकुटामा एक महिनाको अवधिमा एकै घरमा तीन जनाको मृत्यु भएको छ । जसमा आमा, एक छोरा र एक छोरी छन् । आमा बितेको ठिक एक हप्तामा धनकुटा नगरपालिका वडा नं. ६ निवासी विश्वप्रकाश श्रेष्ठको मङ्गलवार निधन भएको छ । श्रेष्ठको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

कोरोना सङ्क्रमणकै कारण श्रेष्ठकी ९४ वर्षीय आमा शौभाग्यदेवी श्रेष्ठको जेठ १८ गते मात्रै मृत्यु भएको थियो भने वैशाख २४ गते उनकी दिदी बिजयाश्री श्रेष्ठको मृत्यु भएको थियो ।

स्व. श्रेष्ठ नेपाल राष्ट्रिय अभिभावक सङ्घ धनकुटाका सल्लाहकार, तरुण दल धनकुटाका संस्थापक अध्यक्ष, धनकुटा क्याम्पसका प्राध्यापक सङ्घका पूर्व सभापति समेत थिए । धनकुटा बहुमुखी क्यापसका राजनीतिक शास्त्रका पूर्व प्राध्यापक थिए । २०५४ सालमा भएको धनकुटा नगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । २०१३ साल असार १३ गते धनकुटा नगरपालिका वडा नं ६ वीचबजार धनकुटामा जन्मनु भएका स्व श्रेष्ठको श्रीमती दुई छोरा र एक छोरी छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्