काठमाडौँ । राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिएका हुन् ।
लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि यही जेठ १७ गते भएको उपचुनावमा नेपाली काँग्रेसका पाण्डे निर्वाचित भएका थिए । उनले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।