लहानमा चुरे उत्खन्न तथा संसद् विघटनको विरुद्धमा माओवादी केन्द्रद्वारा प्रदर्शन 



महेश सिंह महतो
जेठ २६, सिरहा ।  सिराहाको लहानमा माओवादी केन्द्र निकट युवा सङ्गठन नेपाल द्वारा प्रदर्शन गरेका छन् । विगत केही महिना देखि अगाडि देखि नेपाल सरकारले ल्याएको चुरे उत्खनन तथा संसद् विघटनको विरुद्धमा प्रदर्शन गरेका हुन् । 

वाईसीएल नेपालका जिल्ला संयोजक कमरेड आशा नन्द यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । संयोजक यादवका अनुसार चुरे बेच्न पाइँदैन,मदेसको उर्वर भुली खन्न गर्न पाइँदैन,मधेसको भूमि हाम्रो लागि प्राण भन्दा प्यारो छ ।  संसद् पुनः स्थापना गर, मुलनराको साथ प्रदर्शन गरेका हुन् । 

जिल्ला इन्चार्ज क.वीरेन्द्र साह पार्टीका नेता क.सुरेन्द्र साह, युवा बौद्धिक नेता विजय गुप्ता गरी वाइसीएल नेपाल् प्रदेशका कमरेड विवेक परियार सहित मनोज सहनी नितिश नन्दन यादव,उमेश यादव, ओपन राउत देवेन यादव लगायतका युवा नेता कमरेडहरूको उपस्थिति रहेको रहेको थियो । 

सामाजिक दुरीको मद्य्य नजर गरी शान्तिपूर्ण तरिकाले सरकारको विरुद्धमा विरोध प्रदर्शनको युवा नेता विजय गुप्ताले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्