जङ्गलमा एक जना मृत फेला



उत्तम कुमार थापा,बझाङ । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ४ खत्री गाउँका एक जना जङ्गलमा मृत फेला परेका हुन । 

गाउँपालिकाको वडा नम्बर ४ का अन्दाजी ३५ बर्षिया डम्बर बहादुर खत्री २४ गते जङ्गल गएको र उनकै परिवारले खोजी गर्दा २५ गते मृत अवस्थामा फेलापारेकाे जनाएको छ। खत्रीका आफन्तले खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर ४ कै गडाला सामुदायिक वनमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

उनको बायाँ कञ्चडामा गाेली लागेर टाउको छेडेको स्रोतको भनाइ छ । मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पाेष्टमाडम भइरहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्