घोराही बजार क्षेत्रमा चल्ने टेम्पो र अटो रिक्सा व्यवस्थित गरिदै



सैघाली खबर
दाङ,२२ माघ

घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा टेम्पो र अटो रिक्साहरुलाई व्यवस्थित गर्ने भएको छ । नगर क्षेत्रमा चल्ने टेम्पो तथा अटो रिक्साहरुको तथ्यांक संकलन, दर्ता, रुट निर्धारण र भाडामा एकरुपता ल्याउने तयारी गरेको छ ।

उपमहानगरपालिकाले आईतबार बजार क्षेत्रका वडा अध्यक्ष तथा ट्राफिक प्रहरीका प्रमुख सँग छलफलको आयोजना गरि बजार क्षेत्रका सडकहरुमा टेम्पो र अटो रिक्साहरुलाई सञ्चालन गर्न नदिने र रुट निर्धारण गर्ने निर्णय भएको छ ।

नगरका कार्यबहाक प्रमुख सीता न्यौपानेको अध्यक्षतामा बसेको बैठकले एक साता भित्र घोराही बजारका टेम्पो तथा अटो व्यवसायीहरुलाई ईच्छाएको रुट सहित आबेदन संकलन गर्ने, भाडामा सुहाउदो एकरुपता ल्याउने, यात्रु मात्रै बोक्ने र अन्य निर्माण सामाग्रिहरु बोके ट्राफिक नियम अनुसार कार्वाही गर्ने निर्णय भएको छ । त्यसै गरि बजार क्षेत्रका सडकमा चल्ने नपाउने टेम्पो तथा अटो रिक्साहरु सञ्चालनका लागि अंकमा आधारित रुट तोक्ने निर्णय भएको छ ।

विद्युत कार्यालयको दक्षिण तर्फ, बालमन्दीर, रझेना चोक, आर्मी व्यारेक, मितेरी अस्पताल, सडक बिभागको ओरालो, जनस्वास्थ्य कार्यालय देखी केही तल र डिके पेट्रोल पम्प नजिकै टेम्पो र अटो रिक्साहरुको स्टेशन राख्ने निर्णय भएको छ ।

घोराही बजारमा करिब ५ सय बढी टेम्पो तथा अटो रिक्साहरु सञ्चालनमा रहेको ट्राफिक प्रहरीले जनाएको छ । छलफलमा वडा नम्बर पाँचका अध्यक्ष विष्णुमणि दाहाल, १४ नम्बरका अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, १८ का अध्यक्ष भरत अर्याल, ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्ले लगाएतका व्यक्तिहरु सहभागि रहनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्