भारतबाट ल्याएको स्रोत नखुलेको रकम बरामद 



प्रमोद सहनी, रौतहट । स्रोत नखुलेको तिस लाख छयत्तर हजार रुपैयाँसहित रौतहटबाट दुइ जना प’क्राउ परेका छन् । रौतहटको परोहा न.पा.९ रामपुरखाप स्थितमा नेपाल भारत सिमामा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ BR05R4521 नं.को मो.सा.मा आउँदै गरेका मो.सा.चालक भारत जि.मोतिहारी घोडासहन बस्ने अं.वर्ष २२ को बन्टि कु.कलवार र मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष २० को सुरज कलवारलाई रोकी चेकजाँच गर्दा निजहरूले बोकेको नाईलुनको झोलामा र निजहरूको साथबाट भारतबाट नेपाल तर्फ पैठारी गरि ल्याएको अवैध रकम (स्रोत नखुलेको)रु.३०,७६,०००।- (तिस लाख छयत्तर हजार) नेपाली नगद रुपैयाँ बरामद गरी उक्त नं.को मो.सा. र निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्