आज दाङमा थप ५९ जना संक्रमित थपिए, ६९ सङ्क्रमणमुक्त



जेठ  ६ ,घोराही  । दाङमा पछिल्लो  २४ घण्टामा ५९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले  दिएको जानकारी अनुसार सय जनामा परिक्षण गर्दा २७ महिला र ३२ पुरुष गरि ५९ जनामा कोरोना देखिएको हो । त्यस्तै आज थपिने घोराहीका २१, तुलसीपुरका २२, लमहीका ८, गढवाका ३, शान्तिनगरका २ ,राप्ती र बबईका १/१ जना रहेका छन् । योसंगै जिल्लामा बैशाखयता संक्रमितको संख्या ७ हजार ४ सय ५१ पुगेको केन्द्रले जनाएको छ ।

आज पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोनालाई जितेका छन् ।  जसमा घोराहीका ५६, तुलसीपुरका ३१ र लमहीका ९ जनाले कोरोना जितेको केन्द्रले जनाएको छ ।  आज निको हुनेहरु मध्य ४५ महिला र ५२ पुरुष रहेका छन् ।

यस्तै पछिल्लो  २४ घण्टामा दाङमा कोही संक्रमितको मृत्युु भएको छन्  भने बैशाख यता जिल्लामा कोरोनाबाट मृत्युु हुनेको संख्या १ सय ९० पुगेको छ । आज निको भएका संगै जिल्लामा कोरोनाबाट निको हुनेका संख्या ६ हजार ७ सय २८ पुगेको छ ।

संक्रमित मध्य अहिले अधिकांश संक्रमित घरमै बसेका छन् । जसमा ४ सय २० जना होमआईशोलेसनमा बसेका छन् । त्यस्तै सामान्य उपचारमा ९८ जना रहेका छन भने १५ जना आईसियुमा उपचाररत रहेको केन्द्रले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्