सैघाली खबर
काठमाडौं ,२२ माघ
राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लञ्च मिटिङ’ गरेकी छन्। शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवासमा बेलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन्।
दई अध्यक्षसँग राष्ट्रिपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको एजेन्डाका विषयमा भने अनविज्ञता व्यक्त गरे। ‘उहाँहरु ९ओली–दाहाल०सँग राष्ट्रपतिज्यूको शनिबार शीतलनिवासमै भेटघाट भएको हो,’ डा. अधिकारीले भने, ‘अनौपचारिक भेटघाट भएकाले त्यहाँ हाम्रो सहभागिता रहने कुरा भएन, कुराकानी के भए त्यो पनि जानकारी हुने कुरा भएन।’ तर, माओवादी केन्द्रका अध्यक्ष दाहालनिकट स्रोतका अनुसार, राष्ट्रपतिले दुई अध्यक्षलाई आमन्त्रण गरी गरेको लन्च छलफलमा उनले दुई कम्युनिष्ट पार्टीको एकता प्रक्रियादेखि नयाँ राष्ट्रपति चयनसम्मका विषयमा जिज्ञासा राखेकी थिइन्। अनौपचारिक कुराकानीमा अत्यन्त खुलेरै तीन नेताबीच कुराकानी भएको शीतलनिवास स्रोतले पनि बतायो।
उक्त छलफलमा राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा पुनः दोहोरिने इच्छा प्रकट गरेकी थिइन्। ‘आम जनमत एमाले–माओवादीबीच एकताकै पक्षमा छ, तपाईहरुले पार्टी एकताका गर्नुहोस्,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै शीतलनिवास स्रोतले भन्यो, ‘नयाँ राष्ट्रपतिरउपराष्ट्रपति चुनावका सन्दर्भमा पनि दुई पार्टीभित्रैबाट आउने भएकाले एक कार्यकाल हामीलाई नै अवसर दिनुहोस्।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।