काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६८ जना निको भएर घर फर्किएका छन् । यसै गरी पछिल्लो २४ घण्टामा थप ८१ सङ्क्रमितको मृत्यु भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।