के हो कालो ढुसी ? कसरी र कस्लाई लाग्छ यो रोग ?



नेपालका विभिन्न स्थानमा कोभिड–१९ निको भएका बिरामीहरूमा कालो ढुसीको सङ्क्रमण देखा पर्दै गएको छ । आँखा बिगार्ने यो निकै भयानक सङ्क्रमण हो। ‘कोभिड सन्चो भएका व्यक्तिहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले कालो ढुसीको सङ्क्रमण देखिन्छ । स्टेरोइड तथा एन्टिबायोटिक औषधि सेवन गरेका गम्भीर प्रकृतिका कोभिडका बिरामीहरू सङ्क्रमणमुक्त भएपछि कालो ढुसीको सङ्क्रमण देखा पर्ने सम्भावना रहन्छ।

विशेष गरी मधुमेह, क्यान्सर, किड्नी, स्टेरोइड एवं एन्टिबायोटिक औषधि बढी प्रयोग गर्ने बिरामीसँग रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । यस्ता व्यक्तिहरूमा ‘अपरट्यूनिस्कि इन्फेक्सन’ हुन जान्छ । जसले गर्दा त्यस्ता व्यक्तिहरूमा आँखा सुनिने, दुख्ने, धमिलो देख्ने, आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने, एक्कासि सुगर बढ्ने, सास फेर्न असहज हुने लगायतका लक्षणहरू देखा पर्छन्।

कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरू 

१.अनुहार मुख नाक, आँखा वरिपरि दुख्ने

२.आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने

३. नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने

४. ज्वरो आउने

५. आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले घमिलो देख्ने

६.दाँत दुख्ने वा हल्लिने

जोखिम क–कसलाई हुन्छ ? 

१.४५ देखि ६५ उमेर समूह

२.डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू

३. धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधि लामो समयसम्म प्रयोग गर्नेहरू

 

धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधि लामो समयसम्म प्रयोग गर्नेहरू रोकथामका उपायहरू 

१. सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने

२. नियमित रूपमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने ३. व्यक्तिगत स्वच्छतामा ध्यान दिने

४. घर बाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने

५. धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने

६. नुनिलो पानीले नाक सफा गर्ने

७. पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने

८. जथाभाबी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने

९. सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने

१०. स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने

हेल्थ पोष्ट डटकमबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्