आर्थिक

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

By Thah Online

June 10, 2021

जेठ २७, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासङ्घले जनाए अनुसार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९०० रुपैयाँ पुगेको छ । बुधवार बजारमा सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । यता चाँदी भने गत बुधवार को मूल्यमा ५ रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।