कोभिड १९ मनोसामाजिक मेची महाकाली परामर्श अभियान लहानमा सम्पन्न



जेठ २७ सिरहा लहान, महेश सिंह महतो ।  कोभिड १९ मनोसामाजिक मेची महाकाली परामर्श अभियान सिरहाको लहानमा सम्पन्न भएको छ । लहान नगरपालिका ७ स्थित रहेको मारबाडी सेवा सद्नमा कार्यक्रम सम्पन्न भएको हो । 

उक्त अभियानको आयोजना ओम समाज डेन्टल हस्पिटलले गरेका थिए।अभियानमा नि:सुल्क एम्बुलेन्स तथा नि :शुल्क प्राथमिक स्वास्थ्य सेवा अभियानका लागि बिराज समाजको समन्वय समेत रहेको छ । लहानका नपाका जनस्वास्थ्य अधिकृत राम सुन्दर यादवले भने बिरामी रिफर गर्नु पर्ने बाध्यता रहेको छ। अक्सिजन सहित लहान अस्पतालले १५ बेड सञ्चालन गरेको छ भने, सिरहा अस्पताल ३५ बेडको वातावरण मिलाएका हुन् । लहानमा नगरपालिकाको स्वास्थ्य सखाले पिसिआर परिक्षणमा बढी जोड दिने लहानका स्वास्थ्य अधिकृत यादवले बताए । 

स्वाब सङ्कलन गरेर जनकपुर र विराटनगर पठाउने गरेको हो । बिरामी पठाउनलाई र लहानमा लहान अस्पताल र नर्सिङ होमले सेवा नि:शुल रुपमा सेवा दिनेको गरेको छ । अभियानमा लागेका डा. सुभाष घिमिरेका अनुसार कोरोना लागेको बिरामीहरूलाई हतास नहुन् आग्रह गरेका हुन् । म बलमान छु आफू लाई बलमान ठान्नेहरूको बढी नै देशमा मृत्यु भएको देखिन्छ । ९९% व्यक्तिहरूलाई अक्सिजन दिन सक्ने वातावरण बनाउनु पर्ने हो । भाइरस सर्ने रोग त हो भाईर्स एकलैले केही गर्न सकिँदैन एक वकताले बताए । 

यो अभियानको उद्देश्य भनेको सबैलाई सचेतनाको जानकारी गराउनु र मृत्युको मुखमा कसैले न पर्नुस भने उक्त कोभिड १९ मनोसामाजिक मेची महाकाली परामर्श अभियानको मेन उद्देश्य हो । समाज सेवी तथा नेताका अनुसार कुनै पनि अधुरो ज्ञानले जीवन शैलीमा घातक बन्दै गरेको छ । हाम्रो आत्मबल बढाउन सक्नु पर्छ।राजनीति र सामाजिक र संस्कृति ले आत्मबल कमजोर बनाई दिएको छ । 

नायक निखिल उप्रेतीले भने हामी उ व्यक्तिको विश्वास गरौँ जसले हामीलाई मृत्युको मुखबाट फर्काउने गरेको छ। यो महामारी नै हो सबलाई थाहा छ तर कलकारखाना सञ्चालन हुनुपर्ने बताए । गरिबको मुनी बस्ने व्यक्तिहरूको हालत के होला त । आत्मबल बढाउने गरौँ समाजमा काम काज गर्ने वातावरण बानाउ र कोरोनालाई जित्यौ भने कुरा प्रकाश पार्नु भको थियो । 

शिक्षा विद्धका अनुसार नेपालमा बन्दा बदीका कारणले गर्दा आत्तिएर आत्महत्या गर्ने गरेको छ। कोरोनाबाट बच्ने जुन हाम्रो समाजमा घरायसी औषधीहरू जुन छ, त्यसले गर्दा पनि रोग निको हुने गरेको हो । यसलाई सामान्य गर्ने गरेको हो । हाम्रो लाइफ स्टाईल आफ्नो आफन्त सँग शेयर गर्न न मिल्ने कस्तो राजनीति बेथिति छ । देशको जनताले राहत पाओस् र र डर भन्दा आत्मबल बढाउनु पर्ने बताउनु बताए।वरिष्ठ पत्रकार दिनेश्वर गुप्ताको अनुसार लहान नगरपालिका भनेको निष्क्रिय भएको अवस्था छ उनले बताए ।

नर्सिङ होम लहानका सञ्चालक डा.सुभाष साहका अनुसार मान्छे रोगले मर्नु भन्दा भोखले मर्ने बेला भई सकेको छ । त्यो बेला चाहिँ न निम्त्याउन भने कुरा प्रकाश पार्दै सबैले अ-आफ्नो ठाउँमा सतर्क बसौँ बताउनु भयो । 

लहानका स्वास्थ्य प्रमुख राम सुन्दर यादवका अनुसार लहानका सम्पूर्ण स्वास्थ्य चौकीहरूमा स्वास्थ्य कर्मीहरूलाई खटाएको बताए।तराई मात्र हैन सम्पूर्ण देशका जनताले स्वास्थ्य सुविधा पाउनु पर्छ सरकारको ध्यानाकर्षण गराएको छ । लहान अस्पतालमा कोठाको अभाव रहेको कमजोरी छ । हामीले बिहीबार र शुक्रवार पिसिआरको लागि स्वाब सङ्कलन गर्ने गरेको छु ।लहान अस्पतालका मेसु डा वीरेन्द्र मण्डलले अहिले सम्ममा १३ जनाको मृत्यु भएको छ बताए । 

सरकारी अस्पतालहरूले धान्ने अवस्थामा न रहेको र सरकारी अस्पतालहरूलाई कसरी बनियो बनाउने त्यता तिर अग्रसर हुनु जरुरी रहेको बताए।समाज सेवी जय किशोर यादवका अनुसार सरकारले भ्याक्सिन लगाउन जुन उमेरको कुरा उठाउनु भएको छ, त्यो कुरा समाजमा नकारात्मक निकै घातक बन्दै गरेको बताए । 

नेकपा नेता सत्यनारायण यादवका अनुसार हामी नेतृत्व स्थापित गर्नु पर्छ विस्थापित गर्नु हुँदैन । लहान मात्रै होइन देश नै पिडा खेपिरहेको अवस्था रहेको छ। राज्यको जुन मेकानिजिएम छ । हाम्रो सरकार अनुदानको भर्मा रहेको छ सरकारले किनेर ल्याउनु पर्ने सरकारले वातावरण मिलाउने वातावरण बनाऔँ । 

उद्योग वाणिज्य सङ्घ लहानका अध्यक्ष अशोक लाल अमात्यको अनुसार यो सामाजिक अभियानमा मनोबल बढाउने र सामाजिक संस्थामा लागेको व्यक्तिहरूले अभियानमा जनचेतना जगाइदिने काम गर्नु जरुरी रहेको बताए । 

कार्यक्रममा एभरेस्ट कलेज लहानका संचालनक धर्नि धर अधिकारी कलेजका प्रतिनिधि ललित महतो मानव अधिकारकर्मी सुनिल साह लोटस स्कुलका संस्थापक सुदिप चौधरी समाज सेवी रामानन्द गुप्ता शिक्षक सूर्यनाथ यादव लगायतका दुई दर्जन भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रम सञ्चालक चक्रपानी दाहालले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्