प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै



जेठ २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार प्रधानमन्त्रीले अपरान्ह ४ बजे शपथ ग्रहणको तयारी रहेको छ ।

प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त गर्न लागेका हुन् । 

पछिल्लो पटक जेठ २१ गते पनि प्रधानमन्त्री ओलीले जसपासमेतलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए ।  मन्त्री बन्न लागेकाहरू भनेर खगराज अधिकारी, महेश बस्नेत, नारदमुनी राना, नैनकला थापा लगायतको नाम चर्चामा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्