पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बास्तोलाको निधन भएको छ । बास्तोलाको कोरोना सङ्क्रमणका कारण पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो । बास्तोलाको यही जेठ २५ गतेपछि चरक मेमोरियलमा उपचार भइरहेका थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पत्रकार बास्तोला नेपाल पत्रकार महासङ्घका साधारण सदस्य हुन् । उनी आनन्द मार्ग प्रचारक सङ्घका सल्लाहकारसमेत हुन् । पत्रकार बास्तोला दुई साता अघि कोरोना सङ्क्रमित भएका थए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।