गृहमन्त्री बादल आफू पदमुक्त भएपनि श्रीमति मन्त्री बन्दै



जेठ २७, काठमाडौँ । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा `बादल´ले श्रीमतीलाई मन्त्री बनाउने भएका छन् । 

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा रहेका चुनावी सरकारका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बादलको श्रीमती नैनकला थापालाई मन्त्री बनाउने भएका हुन् । बालुवाटार स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री केपी ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाउन लागेका छन् । यसअघि थापा महिला आयोगमा थिइन् ।

नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरू एकैसाथ पदमुक्त भएपछि खाली रहेका मन्त्रालयमा ओलीले आज मन्त्री थप गर्न लागेका हुन् ।
नैनकला सञ्चार मन्त्री बन्ने चर्चा छ भने बादलले यस अघि नेतृत्व गरेको गृहमा खगराज अधिकारी आउने स्रोतको दाबी छ । तर, एक नेताका अनुसार सपथका लागि तयार रहन भनिएको छ भने जिम्मेवारी तोकिएको छैन् । सात मन्त्रीको आजै ४ बजे शपथ गराउने तयारी रहेको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्