भारतमा बुधबार पनि एक लाख भन्दा कम कोरोना सङ्क्रमित



एजेन्सी । भारतमा बुधवार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन् । एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो ।

गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । बुधवार सुरमा विहारमा २० जनाको मात्र मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो तर पछि पहिला मृत्यु भएकाहरूको गणना नभएको भन्दै ३ हजार ९ सय ५१ सङ्क्रमितको मृत्यु भएको आँकडा जोडियो। विहारका अधिकारीहरूले झन्डै चार हजार मृतकको सङ्ख्या थपेपछि केही दिनदेखि २ हजार आसपासमा रहेको भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार बढी पुगेको हो। यसैसँगै भारतमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको सङ्ख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड ९१ लाख ८३ हजार १२१ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा १ लाख ५१ हजार ३६७ जना सङ्क्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ७६ लाख ५५ हजार ४९३ जना कोरोना मुक्त भएका छन् । हाल यहाँ ११ लाख ६७ हजार ९५२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्