प्रदेश समाचार

दाङको तुलसीपुरमा अतिविपन्न २५ परिवारलाई खाद्यान्न सहयोग

By Thah Online

June 10, 2021

जेठ २७, दाङ । दाङको तुलसीपुरमा २५ अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा रहेका गन्धर्व बस्तीका २० र तुलसीपुर ५ मा रहेका ५ घर अति विपन्न दलित परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । ग्रासरुट मुभमेन्ट नेपालको सहयोग र लायन्स क्लब अफ तुलसीपुर ईसानको संयोजनमा राहत स्वरूप खाद्यान्न हस्तान्तरण गरियो ।

लायन्स क्लबका उपाध्यक्ष प्रेम प्रकाश गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस दाङका सदस्य जित बहादुर केसी, मान बहादुर गुरुङ, रमेश रेग्मी, हरि प्रसाद भुषाल, केशव न्यौपाने, सविन भण्डारी, धिरज बस्नेत, सुरेश बस्नेत, लियो क्लबका अध्यक्ष प्रबेश भुषाल, अस्गर अली खानलगायतको सहभागितामा खाद्यान्न वितरण गरिएको हो ।