मुख्य समाचार

प्रदेशसभा सदस्य पद गुमाएकी ज्वालाकुमारीलाइ कृषिमन्त्रीको जिम्मेवारी

By Thah Online

June 10, 2021

जेठ २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेकपा (एमाले) प्रवेश गर्दा प्रदेशसभा सदस्य पद गुमाएकी ज्वालाकुमारी शाहलाई मन्त्री बनाएका छन् । शाहलाई ओलीले कृषि मन्त्रीको जिम्मेवारी दिएका छन्।

उनी बारा ३ (क)बाट निर्वाचित भएकी थिइन्। नेकपा (माओवादी केन्द्र)बाट जितेकी उनी फागुन २३ गतेपछि एमालेमै रहँदा पद रिक्त हुन पुगेको थियो।