निषेधाज्ञाको अवधिमा दाङमा ७ लैङ्गिक हिंसा



घोराही । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको अवधिमा दाङमा ७ वटा लैङ्गिक हिंसाका घटना घटेका छन् । महिला पुनः स्थापना केन्द्र  नेपाल शाखा दाङका अनुसार निषेधाज्ञाको करिब डेढ महिनाको अवधिमा ७ लैङ्गिक हिंसाका घटना घटेका हुन् ।

जिल्लामा सबै भन्दा धेरै तुलसीपुरका घटना दर्ता भएका छन् । जसमा तुलसीपुरका ४, शान्तिनगरका २ र सल्यानका एउटा रहेका छन् । जसमा एउटा बहुविवाह, कुटपिट ,गालिगलोज र शङ्काका २/२ वटा घटना घटेका छन् ।

ओरेक नेपाल शाखा दाङकी संयोजक ईश्वरी थापाले निशेषधाज्ञाको अवधिमा महिला र बालबालिकामाथि  लैङ्गिक तथा यौन हिंसा भए पनि घटनालाई लुकाउनका लागि अनेक बहाना देखाउँदा न्याय प्राप्तिमा समस्या देखिएको बताउनुभयो ।

साथै केन्द्रले लकडाउनको अवधिमा मनोपरामर्श सेवा दिदै आएको छ । जसमा अहिले सम्म ४१ महिला र १८ पुरुष गरि ५९ जनाले सेवा लिई सकेका छन् । त्यस्तै लकडाउनको अवधिमा पनि २ वटा घटनाको न्यायिक समितिले सहजीकरण गरिसकेको संयोजक थापाले जानकारी दिनुभयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्