‘ब्लड प्रेसर लो’ छ भने यी खानेकुरा खानुहोस्



अहिलेको अस्तव्यस्त जीवनशैलीसँगै खानपानमा ध्यान नदिँदा मानिसहरू विभिन्न रोगहरूबाट ग्रसित भइरहेका छन् । हाम्रो सारिरमा हुने विभिन्न समस्या मध्ये ब्लड प्रेसर पनि एक हो । सामान्यतया स्वस्थ व्यक्तिको रक्तचाप १२०/८० हुनुपर्छ । यदि त्यसो नभई ९०/६० वा सो भन्दा कम छ भने त्यसलाई ब्लड प्रेसर लो भएको मानिन्छ ।

यदि कसैमा ब्लड प्रेसर लो छ भने उक्त व्यक्तिले इन्सुलिन बढाउनका लागि सामान्यतया गुलियो खानेकुरा खाने गर्दछन् । यति मात्र नभई ब्लड प्रेसर लो भएका व्यक्तिहरूले कस्तो प्रकारको खानेकुरा खानुपर्छ  :

१. सागसब्जी:- यसमा आइरन पाइन्छ जसबाट मानव शरीरका लागि आवश्यक पर्ने खनिज पदार्थ प्राप्त हुन्छ । सागसब्जीमा भिटामिन र प्रोटिन पाइने हुनाले, ब्लड प्रेसरलाई सामान्य बनाउँनका लागि यो निकै महत्वपूर्ण हुन्छ । त्यसैले ब्लड प्रेसरलाई सामान्य बनाइ राख्नका लागि दैनिक रुपमा सागसब्जी खानुहोस् ।

बदाम:- बदामले तपाईँको ऊर्जा र प्रतिरोध क्षमतालाई वृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यस कारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।

बिना बोसोको मासु:- जुन मासुमा बोसोको मात्रा कम हुन्छ त्यहि मासुको सेवन गर्नुहोस् । कम रक्तचापको समस्या भएको व्यकि्तहरुले चिकन, माछा,र टर्कीको सेवन गर्नु राम्रो हुन्छ ।

रसिलो पोषिलो झोल पदार्थ:- स् टुसा उम्रेको गेडागुडी र झोलिलो पदार्थ खाँदा शरीरमा ऊर्जा र राम्ररी रक्तसञ्चार हुन्छ । प्रेसर लो भएको बेला टुसा उम्रेको गेडागुडीको कारण शरीरमा छिटै शक्ति प्राप्त हुन्छ ।

फलफूल :- फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढी हुन्छ । यो यस्तो फल हो जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ ।

गहुँ :- मैदाको तुलनामा गहुँ निकै राम्रो मानिन्छ । कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ ।

 लसुनः- लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरूको रक्तचाप सामान्य हुने गर्दछ ।

कफीः- ब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ । यदि सधैँ प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने गर्नुपर्छ । तर, कफीसँगै केही खानेकुरा खान भुल्नु हुँदैन ।

 नुनपानी खानेः- नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्