दाङमा पछिल्लो २४  घण्टामा १३० जना संक्रमणमुक्त, थप एकको मृत्यु



घोराही । दाङमा आज कोरोना संक्रमित थपिनेभन्दा निको हुनेदर बढेको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार जिल्लामा ४४ जनामा संक्रमण देखिएकोमा १३० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १२० जनामा परिक्षण गर्दा २० महिला र २४ पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ । त्यस्तै आज निको हुनेमा घोराहीका ५१,तुलसीपुरका १४, लमहीका ३८, दंगीशरणका ७, शान्तिनगरका ६,राप्ती र बबईका ५/५ जना, गढवाका ३ र राजपुरका १ जना कोरोनाका विरामी निको भएको केन्द्रले जनाएको छ ।

त्यसैगरी आज थपिनेमा घोराहीका २१, तुलसीपुरका १२, राप्ती र लमहीका ३/३ जना,गढवा,राजपुर,बंगलाचुली,शान्तिनगर र बबईका १/१ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा दाङका एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा दंगीशरण ५ का ७५ वर्षिय पुरुष रहेको केन्द्रले जनाएको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्