राउटे बस्तीमा पुग्यो मानवअधिकारकर्मी



जेठ २७, काठमाडौँ । दु’र्व्यवहारमा परेका राउटे युवतीको स्वास्थ्य परीक्षण र उनीहरूको सुरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली राउटे बस्तीमा पुगेको छ । टोलीले दु’र्व्यवहारमा परेका युवतीको बिहीबार स्वास्थ्य परीक्षण र डीएनए टेस्ट गर्ने व्यवस्था मिलाएको छ ।

महामुखियालाई दुई युवतीसहित वीरेन्द्रनगर आउन आग्रह गरिएको आयोगको कर्णाली प्रदेश कार्यालय, जुम्लाका सूचना अधिकारी किरण बरमले बताए ।उनका अनुसार लामो प्रयासपछि राउटे मुखिया दु’र्व्यवहारमा परेका दुई युवती लिएर सदरमुकाम आउन सहमत भएका छन् । बसाइँ सर्दै गुर्भाकोट नगरपालिका–११ सोतीमा पुगेका राउटेहरू आफ्नो समुदायका युवतीमाथि घटेको घटनाबारे भने अझै अनभिज्ञ रहेको उनले बताए ।

राउटे समुदायलाई थाहा नदिएर पीडित युवतीलाई परामर्श गरी स्वास्थ्य परीक्षण गरिने आयोगले जनाएको छ । आयोगका अनुसार पीडित युवतीले आफूहरूलाई स्थानीय युवाले अत्यधिक मात्रामा मदिरा खुवाएर बेहोस बनाएको बताएका छन् । राउटे युवतीमाथि दु’र्व्यवहार गरेको आरोपमा प्रहरीले गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुनलाई प’क्राउ गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्