Banner First

नेपाल पक्षका १७ प्रदेश सदस्यलाई २४ घण्टे स्पष्टीकरण

By Thah Online

June 10, 2021

काठमाडौँ। केपी ओली पक्षीय नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले झलनाथ खनाल–माधव नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै स्पष्टीकरण सोधेको हो।

पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले १७ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए।उनका अनुसार स्पष्टीकरणको बोधार्थ एमाले केन्द्रीय कार्यालयमा समेत दिइएको छ।

मुख्यमन्त्री भट्ट माओवादीका हुन्। केही दिनअघि मुख्यमन्त्रीले विश्वासको मत लिँदा माधव नेपाल पक्षका १७ सांसदले भट्टको पक्षमा मत दिएपछि उनको पद जोगिएको थियो।