टप फिचर

नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

By Thah Online

June 10, 2021

काठमाडौँ । नवनियुक्त नवनियुक्त मन्त्रीहरू तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा आज बिहीबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरू तथा राज्यमन्त्रीहरूलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा खगराज अधिकारीलाई गृहमन्त्री, राजकिशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री, ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकास मन्त्री, नारदमुनि रानालाई वन तथा वातावरण मन्त्री, गणेशकुमार पहाडीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मोहन बानियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको रूपमा सपथ खुवाएकी छन् ।