पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित थपिए, ५९ को मृत्यु



काठमाडौं । देश भर पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २३८ जनाको परीक्षण गर्दा ३ हजार ७४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ९०१ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ८७४ जना र ५ हजार ३३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।

 यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ , भने हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार २३८ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्