राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधी सुरु



सैघाली खबर
काठमाडौं,२२ माघ

बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गएरातिदेखि मौन अवधी सुरु भएको छ ।निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघि मौन अवधी शुरु हुने प्रावधान अनुसार गएरातिदेखि मौन अवधी शुरु भएको हो ।मौन अवधिभर कुनै पनि दलका उम्मेदवार, कार्यकर्ता, मतदातालगायत सञ्चारमाध्यमले चुनावको प्रचार प्रसारका गतिबिधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी सामाजिक सञ्जाल तथा कुनै पनि प्रविधिको प्रयोग गरी मत मागेमा सम्बन्धित दलका उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना र उम्मेदवारी खारेज गर्नसम्म सकिने प्रावधान रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशबाट आठ÷आठ जना गरी ५६ जना सदस्य निर्वाचित हुनेछन् ।

राष्ट्रिय सभामा निर्वाचन हुने ५६ सिटमध्ये २४ जना निर्विरोध भईसकेका छन् भने ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा छन् ।५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक ब्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्