Banner First

‘काउली बुढी’ का ग्ल्यामरस तस्बिरहरू

By Thaha - Online

June 10, 2021

चर्चित हाँस्य कलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ नामले चर्चित छिन् ‘काउली बुढी’ नामले चर्चा पाएकी उनी सामाजिक सञ्जालमा निकै क्रियाशील हुन्छिन् ।हालै मात्रै उनले आफ्नो इन्स्टाग्राममा केही नयाँ र तस्बिर अपलोड गरेकी छन् ।

इन्स्टाग्राममा उनको फलोअर ७ हजार ७ सय बढी छन् । उनी नेपाल आइडल सिजन २ मा सहभागी भएपछि चर्चाको शिखरमा पुगेकी थिइन् ।

चर्चित गायन रियालिटी सो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी थिइन् ।

नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सुर्खेतकी २४ वर्षीय ‘काउली बुढी’ उर्फ सन्ध्या चर्चित लोक गायिका पनि हुन् । उनको आवाजमा २४ भन्दा बढी लोकदोहोरी गीत छन् । केही गीतमा आफैँले मोडलिङ समेत गरेकी छिन्।

‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’ , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहोरी गीतमा आवाज दिएकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् ।

कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रूपमा देखा परिसकेकी छिन्। सन्ध्याले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रमाणित गरेकी छन् ।