मनाङेलाई भेट्न पोखरा पुगेका गुन्डा नाइके गणेश लामा पक्राउ



पोखरा। सांसद दीपक मनाङेलाई भेट्न पोखरा आएका गुन्डा नाइके गणेश लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको छ। विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेसाइडको एक होटेलबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए। मनाङेले बुधवार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कविहीन भएका थिए । मनाङे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थित रहे।

मनाङेको मतले विपक्षीको सरकार बन्ने पक्काजस्तै भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्