कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा पालिकालाई सुरक्षा सामग्री सहयोग



जेठ २८ ,कपिलवस्तु । यू एस एडको आर्थिक सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सुआहारा कार्यक्रम अन्तर्गत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन र दोस्रो लहरको प्रतिकार्यका लागी केन्द्रले जिल्लाको १० वटै स्थानीय तह अन्तर्गत ७७ स्वास्थ्य चौकी, १ अस्पताल, १८ बटा आधारभूत स्वास्थ्य केन्द्र, ५ सहरी स्वास्थ्य केन्द्र, ३ सामुदायिक स्वाइकाई र १ हजार १ सय ५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

नेपाल सरकारको बहु क्षेत्रीय पोषण योजनालाई सुद्धिकरण गदै आमा र बच्चाको पोषण अवस्थामा सुधार गर्ने उद्देश्यले सञ्चालित सुआहारा कार्यक्रमले जिल्ला भरीका ९७ हजार ७ सय ५०.थान मास्क, ( १०० मि.लि. र ५००मि.लि) १ हजार १ सय ७८ वटा हाण्ड स्यानीटाइजर, ६० थान पिपिइ सेट र ९८ थान किशोर किशोरीको लागी पोषण कार्यक्रम सञ्चालन निर्देशिका २०७६ प्रदान गरिएको सुआहारा कार्यक्रमका स्वास्थ्य तथा पोषण अधिकृत विजेन्द्र बन्जाडेले बताए । सो स्वास्थ्य सामाग्री ३ दिन वितरण गरिएको हो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरुद्ध अग्रपङ्क्ति रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाइ संक्रमणको जोखिम कम होस भन्ने उद्देश्यले वितरण गरिएको केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरले बताए । यसै सँगै जिल्ला स्वास्थ्य कार्यालयद्वारा कोभिड १९ प्रभावित सुनौला १००० दिनका आमाहरूलाई पोषण प्याकेज जिल्लाका १० बटै स्थानीय तहमा रहेका अति विपन्न आर्थिक रूपले कमजोर पोषण स्थिति कमजोर भएका १ सय जना आमाहरूलाई वितरण गर्नका लागी तयार गरिएको प्याकेज स्थानीय तहको समन्वय र सहकार्यद्वारा सुआहारा कार्यक्रमका फिल्ड तहका कर्मचारीहरूले पहिचान गरी वितरण गर्न लागीएको वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए ।

यस महामारीमा सबै भन्दा प्रभावित आमा र बच्चा हुने गरेकोले सो प्याकेज प्रभावित आमाहरूको चुलो समक्ष पुगोस् भन्ने उद्देश्यले पोषण प्याकेज वितरण गर्न लागीएको समेत उनले बताए । साथै बन्दाबन्दीको अवस्थामा पनि सुनौला हजार दिनका आमाहरूलाई फोन मार्फत पोषण सम्बन्धी परामर्श गर्नुका साथै नयाँ गर्भवती महिला पहिचान जोखिमको समयमा संस्थागत सुत्केरी परिवार नियोजन, हरेक बार खाना चार र कोभिड १९ बाट बच्ने स्वास्थ्य सरसफाइका विषमा निरन्तर परामर्श गरी कडा कुपोषित बच्चाका लागी तयारी खाना उपचार पद्धतिका लागी ओटिसि सेन्टरमा प्रेषण गर्ने काम फोन परामर्श मार्फत परामर्श गरेको सुआहारा कार्यक्रमकी फिल्ड संयोजक कमला सापकोटाले बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्