प्रहरीको भ्यानको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु 



घोराही , जेठ २८ । प्रहरीको भ्यानले ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा बिहीबार राति ११ : ५५ बजे प्रहरीको लु.अ.अ.च ५३३४ नम्बरको प्रहरीको नयाँ भ्यानले ठक्कर दिँदा विपरीत दिशातिर गइरहेको भे १ प ८४२२ नम्बरको मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार प्रहरीको उक्त गाडी काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी नियरिक्षक भुवन भट्टले मृतकको पहिचान खुली नसकेको जानकारी दिए ।

उनले मृतक पुरुष अन्दाजी २५ वर्ष जतिको रहेको अनुमान गरे । मोटरसाइकल प्रहरीको गाडीको ढोका पछाडि ठोक्किएर उछिट्टिएर गई टाउको बिद्युत पोलमा ठोक्किएको देखिएन आएको जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्