नर्भिककी निर्देशक भन्छिन् : निशाको निःशुल्क उपचार हुन्छ



काठमाडौँ । दु’र्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको आज उद्धार गरिएको छ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गर्नुभएको हो ।

तीन वर्षअघि मोडल रहेकी निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ देखिएको थियो । निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् ।

निर्देशक चौधरीले निशाको उपचारमा कुनै खर्च नलाग्ने बताएकी छन् । ‘निशाजीको अहिले फोटो देखेपछि पक्कै केयर नपुगेर नै यस्तो भएको हो कि भन्ने लाग्यो । नत्र यति लामा समयसम्म बाँच्ने स्थितिमा थिएन भने त उहाँ बाँच्नु हुन्न थियो होला । अनि केयर नपुगेर होला भन्ने लागेपछि हस्पिटल लिएर आउनुहोस् ।

हामी राखेर उपचार गर्छौ भनेर एम्बुलेन्स पठाएपछि उहाँहरूले ल्याउनुभयो, उनले भनिन् । मेघाले आफूले नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालको माध्यमबाट निशाको अवस्थाबारे जानकारी पाएको खुलाइन् ।‘दुर्गा दाइको पोस्ट देखेपछि उहाँलाई के हो यस्तो भनेर सोधेँ ।

निशाजी म्युजिक भिडियो, फिल्ममा काम गर्नुहुन्छ भन्ने थाहा थिएन । मैले फोटो मात्र देखेकी थिएँ । त्यसपछि उहाँले मलाई जानकारी गराउनुभयो । दु’र्घटना भएपछि ट्रमा सेन्टरमा राखेर उपचार गर्दाको अन्तरवार्ताको लिंक पठाउनुभयो । अनिमात्र मैले निशाजीको बारेमा विस्तृत बुझ्न पाएँ’, मेघाले भनिन् ।

मेघाका अनुसार डाइडिसियनलाई, न्यूरो सर्जनसँग कन्सल्ट गरेर निशाको उपचार भइरहेको छ । मेघाले आफ्ना साथीभाइसँगै दुर्गानाथसँग सहकार्य गरेर आ’र्थिक रुपले उपचार गर्न नसक्नेहरूलाई आफ्नै पहलमा उपचार गराइरहेकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्