बि पी विद्रोही
झिलिमिली सहरको रङ्गिन दरबारभित्रका ए ! बन्दुकले घेरेको न्यायालय सुन! ए ! धारा उपधाराका ठेली सुन ! ए ! सुकिला न्यायाधीश सुन! गुर्भाकोटको यो स्वतन्त्र भेरी किनारबाट मैलो गादो र कछाड लगाएको म मैन बहादुर राउटेको निष्फिक्री बयान सुन !
न आयें कहिल्यै नागरिकता माग्न न आयें कहिल्यै लालपुर्जा माग्न न आये कहिल्यै तिम्रो विरुद्ध जुलुस लगाउन न बोलेँ तिम्रो भाषा न पहिरेँ तिम्रो भेष न गायें तिम्रो गित न बजायें तिम्रो बाजा
तिमिले महाकाली बेचेर खायौँ म भोकै सुतेँ सिङ्गो युग धर्म सम्झेर तिमिले कालापानी बेचेर खाँदा मैले कन्दमूल कोट्याएर चपायें नदेखाऊ मलाई सभ्यता त्यो आडम्बरी ध्वाँस बरु आऊ आज जोख्यौँ तिम्रो र मेरो चेतनाको तौल र विवेकको लम्बाइ स्कुलमा कपुरी क पनि नपढेको मेरो छोरो जन्मँदै ताराबाजी लैलै घोकेर जन्मिएको तिम्रो छोरो बाँदरको मासु खाएर हुर्किएकी मेरी छोरी एम फर मङकी पढेर हुर्किएकी तिम्री छोरी म बेखबर छैन तिम्रो सन्तानका उपद्रोहरुसंग किन छेकेन त्यो बिश्वबिद्धालयको शिक्षाले तिम्रो छोरालाई अफिम तान्न किन रोकेन तिम्रो बोर्डिङको विद्याले छोरीहरूलाई अरबमा बेचिन ?
कहिल्यै सुन्यौ ? राउटेको छोरो आएर तिम्रो मुलुकमा डकैती गर्यो ? कतै देख्यौ राउटेको छोरी मुदिरको गल्लिमा घोप्टो परेर रोएको ? के ले छेकेन अपराध के ले छेक्यो कुसंस्कार ?
तिमिले हामीलाई सधैँ हेप्यौ मेरो लगौंटीभन्दा मैलो तिम्रो दृस्टीले सधैँ मधुरो देख्यो हाम्रो विवेक मेरो आँगनमा दुईचार सय भत्ता र दुई चार वटा तृपाल फालेर मनमनै गर्यौ जङ्गली सैतानों स्वाह ! र अखबरमा छाप्यौ आदिवासी राउटेको ख्याउटे कथा !
तिम्रो नजरले कहिल्यै देखेन हामी राउटेको आँखाभित्र दन्किरहेको विद्रोहको लप्का तिम्रो सत्ता विरुद्ध प्रतिरोधको ज्वालामुखी
तिमिलाई सधैँ हेयले हेर्यौ हामीले सधैँ संयमताले नियाल्यौँ धैर्यताले बाध्यौं आवेगहरू !
यो राउटेको बयान मात्र होइन यो राउटेको फैसला हो तिम्रो कुरूप व्यवस्था विरुद्धको तिम्रो कथित सुशासित खोरका साँढेहरूले लुछेका मेरो आदिम बगैँचाका कोमल फुलहरूलाई साँची राखेर हामी प्रतिबद्धता गर्दछौँ अब हामी राउटेहरू मास्टो र भुंयार होइन अब माक्र्सवाद पढेनछौँ।