सुनचाँदीको मूल्य उकालो लाग्यो, कति पुग्यो आज ?



काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ भने, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३७० रुपैयाँ पुगेको छ । आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ तोकिएको छ ।

गत बिहीबार सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुन तोलामा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्