काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने नजाने भएका छन्। आजको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयका एक नेताले बताए।
सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेतालाई आज छलफलका लागि बोलाएका छन्। सभामुखको सचिवालय अनुसार बुधवार नै सबै नेताहरूलाई बैठकमा सहभागी हुन पत्र पठाइसकिएको छ। बैठक दिउँसो २ बजेका लागि संसद् भवनको ल्होत्से हलमा बस्नेछ।
सभामुख सापकोटाले गत बुधवार प्रधानमन्त्रीसँगै पूर्व प्रधानमन्त्री, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलगायतलाई समसामयिक विषय कुराकानी गर्नुपर्ने भन्दै छलफलमा बोलाएका थिए । जसमा प्रधानमन्त्री ओली भने नजाने भएका हुन् ।
यसअघि सभामुख सापकोटाले सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए। शीर्ष नेताहरूसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरूसँग छलफल गर्ने तयारी गरेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।