दाङमा गोली फाइरिङ गरेको आरोपमा पेस्तोल सहित दुई जना प’क्राउ



तुलसीपुर, २८ जेठ । दाङ तुलसीपुर क्षेत्रको टिकरीमा गोली फाईरिङ गरेको आरोपमा पेस्तोल सहित दुई जना प’क्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरी बस्ने २४ वर्षीय पूर्ण वली र २१ वर्षीय आकाश चौधरी रहेको प्रहरीले बताएको छ ।

उनीहरूलाई शुक्रवार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । जग्गा विवाद हुँदा उनीहरूले गोली चलाएको शर्माको भनाई छ । तर कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्