दाङको तुलसीपुरमा गोली चल्यो, पेस्तोल र ६ राउण्ड गोलीसहित युवा प’क्राउ 



घोराही । दाङमा पेस्तोल र ६ राउण्ड गोलीसहित एक जना युवा प’क्राउ परेका छन् । कुलो पानी बिबादकाक्रममा गोली चलाउने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का पूर्णबहादुर वलि प’क्राउ परेको इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपि शिबबहादुर सिंहले जानकारी दिए । 
कुलो पानी बिबादकाक्रममा गोली चलेको र गोली चलाउने व्यक्तिलाई प’क्राउ गरेर घटनाको अनुसन्धान भइरहेको उनले बताए । उनले कुलोपानि बिबादकोक्रममा आफ्नो प्रतिद्वन्द्वी व्यक्तिलाई हान्नका लागि नै गोली चलाएको र स्थानीयले प्रहरीलाई खबर गरेपछि हतियार छाडेर भागेका वलीलाई मोटरसाइकलबाट भाग्नेक्रममा प’क्राउ गर्न सफल भएको बताए । प्रहरीका अनुसार गोली कसलाई चलाएको भन्ने बारे अनुसन्धान भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्