‘डन’ गणेश लामा छुटे, कति तिरे जरिवाना ?



काठमाडौँ । कास्कीमा पक्राउ परेका कांग्रेसनिकट चर्चित ‘डन’ गणेश लामा दुई हजार जरिवाना गराइएको छ । निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूमाथि कारबाही गरेको हो ।

प्रहरीले लामासहित तीन जनालाई हिजो पक्राउ गरेको थियो । त्यसपछि आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । जिप्रकाले तीन जनाको बयानपछि जरिवाना तिराएर छाडिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निषेधाज्ञा तोडेको विषयमा ऐनबमोजिम सामान्य जरिवाना तिराएर छाडिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले लामामाथि निषेधाज्ञा तोडेको बाहेक अरू आरोप नभएको बताए । राजनीतिक कारणले उनलाई पक्राउ गरिएको काँग्रेसको आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो केही होइन, हामीलाई राजनीतिसँग के मतलब ?’ गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिने समयमा आएर राजनीतिक चलखेल गरेको आशङ्कामा उनलाई हिजो पक्राउ गरेको अड्कलबाजी गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्