संक्रमणमुक्त भएपछी भुलेर पनि नखानुहोस् यस्ता खानेकुरा



महामारीका रूपमा फैलिएको सङ्क्रमण अहिले केही कम हुने क्रममा छ । सङ्क्रमित हुने भन्दा मुक्त हुनेको सङ्ख्या बढ्दो छ । तर सङ्क्रमण मुक्त भएपछि पनि केही व्यक्तिहरूमा नयाँ समस्या समेत देखिएका छन् । कतिपयले महामारी जितेको अवस्थामा पनि ज्यान गुमाएका उदाहरण छन् । नेपाल र भारत लगायतका मुलुकमा सङ्क्रमण कम हुने क्रममा भए पनि ब्ल्याक फंगसका विरामी बढ्दो देखिएका छन् । जसबाट बच्न चिकित्सकहरूले केही सुझाव दिएका छन् ।

यी रोगको मारबाट बच्ने हो भने मानिसले केही सावधानीहरू अपनाउनुको साथै खानपानमा पनि विशेष ध्यान दिनु आवश्यक छ । सङ्क्रमण ठिक भएका मानिसले यस्ता खानेकुराबाट बच्नु आवश्यक छचिसा खानेकुरा : यदि कोरोनामुक्त भएर पनि ब्ल्याक फंगसको शिकार हुनु भएको छ भने चिसा खानेकुरा बिर्सिएर पनि खानु हुँदैन । चिसो पानी पनि पिउनु हुँदैन । चिसा फलफूल मात्र नभएर फ्रिजबाट निकालिएका कुनै पनि खानेकुरा खानु हुँदैन । यी खानेकुराहरूले समस्या झन् धेरै बढाउँछ ।

तारेको–भुटेको:- त्यसो त तारेको र भुटेको खानेकुरा सबैका लागि अस्वास्थ्यकर हुन्छ तर विशेष गरेर कोरोना ठिक भएका मानिसहरूले तारेको भुटेको खानेकुरा खानबाट बच्नु पर्छ । पकौडा, समोसा, सेल, पुरी खानबाट बच्नु पर्छ । यसले पनि समस्यालाई घटाउनु भन्दा बढाउँछ ।

फलफूल:- फलफूल स्वास्थ्यका लागि लाभदायक हुन्छ तर फलफूल खाँदा विशेष कुरामा ध्यान दिनु आवश्यक छ । कुनै पनि फलफूल खानु अगाडि त्यसलाई तातो पानीमा राम्रोसँग धुनु आवश्यक छ । राम्रोसँग धोइएन भने ब्ल्याक फंगसको खतरा बढ्न सक्छ ।

बासी अथव पकाएको लामो समयपछिको खाना :– कोरोनामुक्त भएका बिरामीलाई ताजा खाना खाने सल्लाह दिइन्छ, तर कहिलेकाहीँ पाकेको लामो समयसम्म राखेको खानेकुरा पनि खान्छन्, यस्तो गर्नु हुँदैन । बासी खानेकुरा खानु हुँदैन । यसको साथै काँचो खानेकुरा पनि खानु हुँदैन । त्यस्तै बाहिरको खाना पनि खानु हुँदैन । तपाईँको स्वास्थ्यका लागि उपयुक्त हुँदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्