थप ३७५० जनामा संक्रमण पुष्टि, ६७ को मृत्यु



काठमाडौँ ।  देश भर पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १८२ जनाको परीक्षण गर्दा ३ हजार ७५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ५९८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७०९ जना र ५ हजार ५८४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख २३ हजार १५१ पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार २२५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ५ लाख २० हजार ८१६ पुगेको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप ६७ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ३०५ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्