मुख्यमन्त्रीलाई भेटी राउटे समुदायले गरे छलफल



जेठ २८, काठमाडौँ । लाेपाेन्मुख राउटे समुदायले माननीय मुख्यमन्त्री संग भेटघाट गरेका छन् । भेटघाटको क्रममा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि माननीय मुख्यमन्त्रीज्यूसमक्ष अनुरोध गरेका छन् ।

माननीय मुख्यमन्त्रीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतकाे सामाग्री सरकारले उपलब्ध गराउने बत्ताउनुभयो । माननीय मुख्यमन्त्रीले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिनुभएको छ ।

भेटघाटमा सामाजिक विकास मन्त्री माननीय यज्ञबहादुर बि.सी.काे पनि सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्