रोकिएन राप्ती नदीमा अवैध दोहन



दाङ २८ जेठ । दाङको राप्ती नदीमा मापदण्ड विपरीत दोहन बढाइएको छ । निरन्तर रूपमा नदीमा नीति विपरीत नदीजन्य वस्तुको दोहन भइरहेको छ । नीति मिचेर दोहन हुँदा पनि स्थानीय सरकार र स्थानीय प्रशासन भने मौन छ । स्थानीय प्रशासनले नदी दोहन रोक्ने प्रयास पनि गरेको छैन ।

बन्दाबन्दीको सुरुवातीदेखि समय देखिँदै राप्तीमा बढेको दोहन अहिले पनि निरन्तर छ । जिल्ला स्तरको अनुगमन भए पनि त्यसलाई रोक्ने प्रयास भने देखिँदैन । अनधिकृत दोहनका कारण नदीमा ठूला ठूला खाल्डा र पोखरी बनेका छन् । गढवा गाउँपालिकाले राप्ती नदीको धर्मपुर घाटमा नदीजन्य पदार्थ उत्खननका लागि लगाएको ठेक्कामा ठेकेदारले मापदण्ड विपरीत उत्खनन गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

गढवा गाउँपालिका वडा न ५ का धरमपुर, तकियापुर, बोधिपुर तथा मगहरमा अवैध दोहन भएको छ । गढवा गाउँपालिकाले राप्ती नदीको धरमपुरको क र ख घाटमा ठेक्का लगाएको छ । ठेक्का लागे पनि ठेक्काको नीति विपरीत उत्खनन भएको पालिकाले जनाएको छ । उत्खनन समयावधि सकिन लाग्दा मापदण्ड विपरीत उत्खनन गर्न फेरी सुरु भएको स्थानीयले गुनासो गर्दै आएका छन् ।

यसभन्दा पहिले पनि निर्माण कम्पनीहरूले तोकिएको स्थान भन्दा फरक ठाउँबाट नदीजन्य पदार्थ उत्खनन गरिरहेको थाहा पाएपछि स्थानीयको विरोध गरी आन्दोलन समेत छन् । उत्खनन समयावधि सकिन लाग्दा ठेकेदारहरू मापदण्ड विपरीत उत्खनन गर्न सक्रिय भएको स्थानीयले बताएका छन् । नदीमा नीति अनाधिकृत रुपमा उत्खनन भए पछि स्थानीय समेत आन्दोलित भएका छन् ।

यसभन्दा पहिले पनि निर्माण कम्पनीहरूले तोकिएको स्थानभन्दा फरक ठाउँबाट नदीजन्य पदार्थ उत्खनन गरिरहेकोमा स्थानीयको विरोध गर्दै आएका थिए । ‘सरकार आउँछ एक पटकलाई छोड्दिनुस् भनेपछि यसभन्दा पहिले हामीले छोडिदिएका थियौँ, स्थानीयले भने, ‘तर अब कुनै पनि हालतमा बिना कारबाही छोड्नु हुँदैन ।

नदी दोहन मात्रै नभएर ७८ मिटर तटबन्धको तार जाली काटेर समेत उत्खनन गरिएको स्थानीय प्रकाश चौधरीले बताए । नदीजन्य पदार्थको उत्खननको लागि तयार गरिने वातावरणीय प्रभाव प्रतिवेदनमा ठुलो मेसिनको प्रयोग नगर्ने, उत्खननको गहिराइको निश्चित मापदण्ड विपरीत नगर्ने, घाटको संरक्षण तथा धार परिवर्तन भन्ने कुरामा सजकता अपनाउँदै जाने भन्ने उल्लेख गरिएको हुन्छ ।

तर राप्तीको उत्खननमा भने सबै नियम विपरीत दोहन गरिएको छ । अहिले सबै निर्माण कम्पनीले सम्झौता ठेक्का सम्झौताभन्दा ३४ गुणा बढी उत्खनन गरिसकेको धरमपुरका स्थानीय प्रकाश चौधरीले बताए । ठेकेदार कम्पनीले राष्ट्रिय गौरवको योजनाको रूपमा निर्माण गरिएको राप्ती तट बन्धनको समेत लगभग ७८ मिटर तार जाली काटेर समेत उत्खनन गरेको चौधरीको आरोप छ ।

व्यक्तिगत जग्गामा पनि उत्खनन नदीसँगै पछिल्लो समय व्यक्तिगत जग्गामा समेत उत्खनन गर्न भ्याएका छन् । ठेकेदारहरूले मनोमानी तरिकाले उत्खनन गरेका छन्, शङ्कर चौधरीले भने’, सरकारले लकडाउन गर्‍यो, जग्गाको सबै गिट्टी बालुवा चोरिसके । ‘ शंकरसँगै १५/१६ जनाको लगभग ४ बिगाहा व्यक्तिगत नम्बरी जग्गामा समेत अवैध उत्खनन गरेको चौधरीले बताए ।

बिहान चार बजेदेखि नै राप्ती नदीमा डोजर ट्रिपर ट्याक्टरको भीड लाग्ने गरेको छ । दैनिक सयौँको सङ्ख्यामा ट्रिपरले नदीजन्य वस्तु ओसारी रहेका छन् भने दर्जनौँ स्काभेटरबाट दोहन भइरहेको छ । मापदण्ड विपरीत उत्खनन गरेको ठहर भए कानुन बमोजिम कारबाही गरिने गढवा गाउँपालिका ५ का अध्यक्ष प्रकाश भण्डारीले बताए । नदीजन्य उत्खननको ठेक्का लिएका वसन्त कुवरले मापदण्डभित्र रहेर गाउँपालिकाले देखाएको स्थानमा उत्खनन गरेको दाबी गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्