टप फिचर

सामुदायिक अस्पताललाई ६ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

By Thaha - Online

June 11, 2021

कपिलवस्तु , जेठ २८ कपिलवस्तुमा कोरोना सङ्क्रमितको सुरक्षा सतर्कताका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बाण गङ्गा नगर स्थित वडा-४ मा रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा आधारभूत साधन स्रोत अभाव हुँदा स्वास्थ्यकर्मी र डाक्टरलाई कोरोना भाइरस सङ्क्रमितको उपचार गर्न समस्या भइरहेको कुरा सञ्चार माध्यमबाट बाहिर आएपछि लुम्बिनी स्थित रोयल थाई मोनाष्ट्रीले सहयोगको हात बढाएको छ ।

थाई मोनाष्ट्रीले अक्सिजन कन्सनट्रेटर-२ अक्सिमिटर २ थान,मास्क , सेनिटाईजर र ग्लोब्स सहयोग प्रदान गरेको हो । लुम्बिनी विकास कोष सदस्य राजेश ज्ञवालीको सक्रियतामा मोनाष्ट्री प्रमुख भिक्षु फ्रा बोधीविड्सले बाण गङ्गाका नगर प्रमुख मङ्गल प्रसाद थारु को गरिमामय उपस्थिति मा अस्पताल का व्यवस्थापक लाई प्रदान गरे ।

भिक्षु फ्रा बोधीविड्सले थाई जनताको सानो सहयोग नेपाली जनतालाई गर्न पाउँदा खुसी भएको बताए ।उक्त कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोख्रेलले संस्था सङ्गै विशेष सहयोगका लागि भूमिका खेल्नुहुने राजेश ज्ञवालीलाई समेत धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको लागि अस्पताल प्राङ्गणमा बुद्ध मुर्ति स्थापना गर्नका लागि सहयोग समेतका लागि आग्रह गर्नुभएको थियो भने नगर प्रमुख मङ्गल थारुले यस्तो विषम परिस्थितिमा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा अस्पताल सञ्चालक समिति सदस्य विष्णु न्यौपाने,सागर श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका अध्यक्ष दोलकराम घिमिरे युवा समाजसेवी शक्ति सीँ ठकुरी,दिनेश छेत्री ,मीन थापा, सुशील सीँ ठकुरी,SSDC का अध्यक्ष तेज प्रसाद आचार्य, लगायतको उपस्थितिमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।