कृष्ण नगर नगरपालिकामा पत्रकार महासङ्घको भवन बन्ने



कृष्ण नगर, ज्येष्ठ २८ नेपाल पत्रकार महासङ्घको भवनका लागि कृष्ण नगर नगरपालिकाले जग्गा दिएको छ । नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखालाई भवन कृष्ण नगर नगरपालिकाको वडा नं.८ मा २ कट्ठा जग्गा भवन निर्माणका लागी महासङ्घलाई दिने निर्णय भएको कृष्ण नगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो ।

जिल्लाको कृष्ण नगर क्षेत्रका पत्रकारहरूको पहलमा नगरमा आवश्यक सूचना केन्द्र भवन निर्माणका लागि नगरपालिकाले बहादुर गन्जमा २ कट्ठा जग्गा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विजय किर्किले बताउनु भयो । सञ्चार कर्मीहरूका लागी कृष्ण नगर नगरपालिका भित्र भवनको अवयस्कता महसुस गरी बहादर गंजमा जग्गा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

भवन निर्माणमा आगामी बजेटमा वडा बाट रकम समेत विनियोजित गरिने वडा नं ८ का वडा अध्यक्ष नुर मोहम्मद मुसलमान,वडा न. ५ का वडाध्यक्ष जमिल खाँ,वडा न. ६ का वडाध्यक्ष अनुप सुक्ला तथा वडा न. ७ का वडाध्यक्ष राज किशाेर यादवले बताउनु भयो । त्यस क्षेत्रका पत्रकार मनिष गुप्ता, अङ्कुश श्रीवस्तवको निरन्तर प्रयासले भवनको लागि जग्गा प्राप्त गर्न सफल भएको महासङ्घका अध्यक्ष किरणमान बज्राचार्यले बताएका छन् ।

नगरमा करिब १ दर्जन पत्रकार सक्रिय रहेका छन् । नेपाल पत्रकार महासङ्घको कार्यालय सहित नागरिकको पहुँच पुग्ने सूचना केन्द्र तथा लाइब्रेरी सोही जग्गामा निर्माण गरिने अध्यक्ष किरणमान बज्राचार्यले बताउनु भयो । बहादुर गन्जमा निर्माण हुने पत्रकार महासङ्घको भवनले जिल्लाको शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका र विजय नगर गाउँपालिकाका पत्रकार लाभ लिने छन् ।

भवन निर्माणका लागि महासङ्घका पूर्व अध्यक्ष डिला भुसालको पहलमा जग्गा प्रक्रिया सुरु भएको तियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्