प्रधानमन्त्री ओलीको ह’त्या गर्न तयार छु : नरोत्तम वैद्य



हेटौँडा। नेपाली काँग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले स्वतन्त्र सङ्ग्रामका महानायक महात्मा गान्धीको ह’त्यारा नाथु राम गोड् सेको नाम लिएर उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका छन्।बागमती प्रदेशसभाको बैठकमा काँग्रेसका प्रदेशसभा सदस्य वैद्यले संसदीय मर्यादाको ख्याल नै नगरी नाथु राम गोड्से कोही बन्न तयार नभए आफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री ओलीलाई ह’त्या गर्ने ध’म्की दिएका हुन्। वैद्यको अभिव्यक्तिमा प्रदेशसभामा कुनै पनि प्रदेशसभा सदस्यले नियमापत्ति समेत गरेनन्।

उनले ओली प्रवृत्तिले अति गरेको भन्दै कोही न कोही नाथु राम गोड्सेहरु जन्मिन आग्रह गर्दै यदि कोही अघि नसरे आफैँ गोड्से बन्न तयार रहेको बताएका थिए। प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाएका उनले अब ठेगान लाउनैपर्ने बताएका थिए।

ओलीलाई नरोके यो देश नरहने दावी वैद्यले गरेक थिए। ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्’, उनले भनेका थिए, ‘अब नाथु राम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैनन् भने म आफैँ बन्छु।’

सन् १९४८ जनवरी ३० मा नाथु राम गोडसेले महात्मा गान्धीको हत्या गरेका थिए। गोड्से हिन्दु राष्ट्रवादका कट्टरपन्थी रहेका थिए। गोड् सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो।गान्धीको हत्यापछि राष्ट्रिय स्वयंसेवक संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए। नाथु राम एक आवारा खालको मान्छे थिए, जसलाई गान्धीको हत्याका लागि भाडामा लिएका थिए।प्रदेशसभा सांसदको वैद्यको अभिव्यक्तिलाई लिएर एमाले नेता–कार्यकर्ताले आपत्ति जनाएका छन्। एमालेका नेता तथा कार्यकर्ताहरुले बैद्यलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

कांग्रेसले भन्यो–‘आत्मआलोचना गर्नुपर्छ’

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलविरुद्ध आफू नाथु राम गोड्से बन्न तयार रहेको भनेर दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै पार्टीले उन्मुक्ति नदिने बताएका छन्।

शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो लेखेका छन्–सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोलि र ब्यवहार ञभावनात्मक उत्तेजनाझ भनेर उन्मुक्ति हुन्न शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ! अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन।’

उनले सडकमा पनि राख्नुपर्ने संयम संसद्मा गुमाउन नपाईने उल्लेख गर्दै तत्काल शब्द फिर्ता लिए आत्मालोचना गर्न सांसद बैद्यलाई र्निेशन दिईने बताएका छन्।उनले तर्कले आपत्तिजनक शब्द छोप्ने आफूहरुको परम्परा नभएको पनि उल्लेख गरेका छन्।उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको पनि बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्