राप्ती राजमार्गमा पाँचवटा कन्भेक्स मिरर जडान



 

तेज वली , तुलसीपुर २२ माघ ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुर– कपुरकोट सडक खण्डमा कन्भेक्स मिरर जडान गरिएको छ । गोर्खा बोर्डिङ स्कुल तुलसीपुरको सहयोगमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले कम्भेक्स ऐना जडान गरिएको छ।

दुर्घटना न्युनिकरण गर्ने उदेश्यले आईतबार तुलसीपुर – कपुरकोट सडक खण्डमा पर्ने पाँच वटा घुम्तीमा मिरर जडान गरिएको ट्राफ्रिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लक्ष्मण ऐरले वताए ।

उक्त सडक खण्ड अन्तरगत तुलसीपुर देखी कपुरकोट सम्म धेरै घुम्ती भएको र त्यस्ता घुम्तीहरुमा दुर्घटना हुन सक्ने भन्दै मिरर जडान गरिएको प्रमुख ऐरले वताए । यस अघि त्यस क्षेत्रमा सवारी दुर्घटना हुने गरेकाले आउदा दिनमा हुन सक्ने सम्भाबित दुर्घटनालाई न्युनिकरण गर्न मिरर जडान गरिएको हो ।

मिरर जडान भएसंगै सवारी चालकले घुम्तीमा गाडि आए ÷नआएको सजिलै देख्न सकिने वताए । गोर्खा स्कुलको करिब ५० हजार बराबरका मिरर ट्राफिक प्रहरीलाई सहयोग गरेको स्कुलका प्रिन्सीपल बिजय जिएमले वताउनु भयो ।

मिरर जडान गर्न ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लक्ष्मण कुमार ऐर, असई विवेक महरा, गोर्खा स्कुलका प्रिन्सीपल बिजय जिएमलगायतको टोली त्यहाँ पुगेको थियो । साथै प्रमुख ऐरले आउँदा दिनमा अझै मिरर थप गर्ने वताए ।

मिरर जडान भएपछि त्यस क्षेत्रमा सवारी चलाउँदै आएका सवारी चालक पनि खुसी भएका छन् । रुकुमबाट यात्रुलाई तुलसीपुर ल्याउँदै गरेका चालक हरि डाँगीले मिरर जडान भएपछि गाडि चलाउन सहज भएको वताए ।

यस अघि मिरर नहुँदा गाडि आए ÷ नआएको जानकारी नहुँने गरेको भन्दै मिरर जडान भएपछि गाडि आए÷ नआएको सजिकै थाहा पाउन सकिने वताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्