स्नातक तह परीक्षाको बाँकी नतिजा यसै साताभित्र प्रकाशन गर्ने



काठमाडौँ। विश्वविद्यालयले स्नातक तह परीक्षाको बाँकी नतिजा पनि यसै साताभित्र प्रकाशन गर्ने जनाएको छ। स्नातक तहमा मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फका विद्यार्थीको नतिजा प्रकाशित हुन बाँकी छ। अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन। त्रिविमा हाल स्नातक तहमा तीन वर्षे र चार वर्षे कार्यक्रम सञ्चालनमा छन्।

शिक्षादीक्षा भुसालले नतिजा प्रकाशनका लागि काम भइरहेको जानकारी दिए। उत्तर पुस्तिका परीक्षण सकिएको र उपत्यका बाहिरबाट उत्तर पुस्तिका आउने क्रममा रहेको उनले जानकारी दिए। उत्तर पुस्तिका परीक्षणको काम सकिएकाले अब केही दिनमा नतिजा प्रकाशन गरिने उनको भनाइ छ।

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा पाल टाँगेर भए पनि प्राध्यापकलाई काम पूरा गरिदिन आग्रह गरिएको छ। कोरोना भाइरस महामारीका कारण विश्वविद्यालयका प्राध्यापकहरू डराएकाले परीक्षण कार्य केही दिन विलम्ब भएको उनले बताए। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्