अमेरिका जाने तय भएका ९६ नेपाली चिकित्सकहरू भिसा नपाउँदा अन्यौलमा



अमेरिकामा जुनको दोश्रो साता रेजिडेन्सीका जाने तय भएका ९६ नेपाली चिकित्सकहरू भिसा नपाउँदा अन्यौलता परेका छन् । उनीहरू जुनको ८ देखि १५ सम्म अमेरिकाका विभिन्न अस्पतालहरूमा रेजिडेन्सीका लागि जाने स्वीकार भए पनि अमेरिकी दूतावास काठमाडौँमा भिसा सेवा बन्द हुँदा भिसा पाउन नसकेका हुन् ।

नेपालमा कोरोनाको महामारी बढ्दै गएपछि नेपाल सरकारले लागु गरेको निषेधाज्ञा र लकडाउनसँगै अमेरिकी दूतावास काठमाडौँले अप्रिल २९ देखि नै नियमित भिसा सेवा बन्द गरेको थियो । जसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा पढ्न आउन तय भएका विद्यार्थीहरू र डिभी लोटी विजेताहरू भएका छन् भने रेजिडेन्सीका आउने तय भएका नेपाली चिकित्सकहरु पनि मारमा परेका छन् ।

अमेरिकी दूतावास काठमाडौँ
मेरिल्यान्ड राज्य संसद्मा प्रतिनिधित्व गर्ने नेपाली मूलका राज्य सांसद हारी भण्डारीले अमेरिकामा रेजिडेन्सीका लागि आउन छनौट भएका तर महामारीका कारण भिसा अन्तरवार्ताको अपोइन्टमेन्ट पाउन नसकेका ९६ जना डाक्टरको भिसा सम्बन्धमा अमेरिकी दूतावास काठमाडौँमा सम्पर्क गरेर ध्यानाकर्षण गराएका छन् । दूतावासले लकडाउन अन्त्य हुनासाथ अवस्थाको मूल्याङ्कन गरेर रेजिडेन्सीका लागि जाने तय भएका चिकित्सकहरूलाई थप सूचनासहित सम्पर्क गर्न आश्वासन दिएको भण्डारीले जानकारी दिएका छन् ।

अहिले भिसा सेवा कहिलेदेखि सुचारु हुने भन्नेबारे कुनै भविष्यवाणी गर्न नसकिने र रेजिडेन्ट सुरु हुने तय भएको मिति अगाडि नै ती चिकित्सकहरूको भिसा अन्तरवार्ता तय गर्न दूतावास सक्षम नहुने सम्भावना रहेको अमेरिकी दूतावास काठमाडौँको कन्सुलर सेक्सनले जनाएको छ । जे वान र एच वान बी भिसामा अमेरिका आउन चाहने विभिन्न अस्पतालहरूमा म्याच चिकित्सिक हरुलाई पनि दूतावासले लकडाउन खुल्नासाथ अवस्थाको मूल्याङ्कन गरेर थप जानकारी उपलब्ध गराउने बताएको छ ।

गत बर्षपनि कोरोनाको महामारीका कारण १३५ जना नेपाली डाक्टरहरू रेजिडेन्सीका लागि एच वानबी र जेवान भिसा प्राप्त गर्नमा ढिलाइ भएको थियो । विभिन्न क्षेत्रबाट भएको अनुरोधपछि उनीहरूलाई अमेरिकी दूतावास काठमाडौँले भिसा जारी गरेपछि उनीहरू अमेरिका आउन पाएका थिए । उनीहरूको भिसाका सन्दर्भमा समेत डेलिगेट हारी भण्डारीले अमेरिकी दूतावास काठमाडौैंको ध्यानाकर्षण गराएका थिए ।

अमेरिकामा हरेक वर्ष अन्तर्राष्ट्रिय मेडिकल ग्रयाचुएटहरु रेजिडेन्सीका लागि आउने गर्छन् । आवेदकहरूले नेशनल रेजिडेन्ट म्याचिङ प्रोग्राम अन्तरगत दर्ता गराउनुपर्छ, जसले व्यक्तिगत छनौटका आधारमा अस्पतालका रेजिडेन्ट कार्यक्रम र आवेदकहरूलाई म्याच गराउँछ । केही रेजिडेन्ट कार्यक्रमका लागि आवेदकले इलेकट्रोनिक रेजिडेन्ट एप्लीकेशन सर्भिसमा समेत दर्ता गराउनुपर्छ । खसाेखासबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्