गण्डकी प्रदेश: मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा



पोखरा। गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखकोमा पुगेका हुन्।

निर्धारित ३ बज्नु केहीअघि तीन दलको समर्थनसहित गुरुङले मुख्यमन्त्रीको दाबी गरेको बताइएको छ। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक जना स्वतन्त्र सांसदले शुक्रवार दाबी पेस गरेका थिए। आफ्नो पक्षले बुझाएको हस्ताक्षरसहितको प्रमाण पुगेको दाबीसहित सांसदहरू प्रदेश प्रमुख कार्यालय पुगेका हुन्।

विपक्षी गठबन्धनमा रहेका ३१ सांसद शरीर प्रदेश प्रमुखलाई भेट्न पुगेको माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जनकारी दिए। विपक्षी गठबन्धनले नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ३१ सांसदसहित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्