ओली भाइरस पोखरामा पनि सल्केको देखियो : डा. भट्टराई



काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पोखरामा पनि ओली भाइरस सल्केको टिप्पणी गरेका छन्। गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनः मुख्यमन्त्रीको दाबी गरेपछि डा. भट्टराईले ओली भाइरसबारे भ्रममा नपरेर सशक्त प्रतिकार गर्नुपर्ने बताए।

‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिद्ध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौँ। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौँ। ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौँ! सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ!,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सकिएको छ। मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेस गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्। नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङले गरेको दाबी असंवैधानिक र अलोकतान्त्रिक हर्क भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुखको निवासमा पुगेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्