गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी



पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेस गरेका छन्। गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेस गरेका हुन्।

यसअघि शुक्रवार विपक्षी गठबन्धनको तर्फबाट नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

विपक्षी गठबन्धनले शरीर ३१ सांसद (बहुमत) पुर्‍याएर शुक्रवार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। तर, प्रदेश प्रमुखले दिएको समय सीमाको केही छिन अघि मात्रै गुरुङले पनि दाबी गर्नु प्रदेशसभा विघटनको बाटोमा लैजाने प्रयास भएको टिप्पणी गरिएको छ।

केन्द्रमा विपक्षी गठबन्धनले बहुमत सांसदले हस्ताक्षर बुझाउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। बरु संसद्मा विश्वास साबित गर्न नसकेका प्रधानमन्त्री केपी ओलीले नै दलको पत्र बुझाएर बहुमत दाबी गरेका थिए। यसकै आधारमा राष्ट्रपतिले दुवैको बहुमत नपुगेको भन्दै देउवालाई नियुक्त गर्न अस्वीकार गरेकी थिइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्